PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

जिप दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर



पहिलोपोस्ट

जिप दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। डडेल्धुरा सदरमुकामबाट कैलपालमाडौँ गाविसको ग्रामीण सडकबाट सदरमुकाम रुमायल जाँदै गरेको से १ ज ७८७ नंको जिप गणेशपुर गाविसको सिमलपुर गाउँमा दुर्घटना भएको हो।
 
दुर्घटनामा परी घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ।
 
जिप सडकबाट करिब ३० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। ग्रामीण सडक साँघुरो हुँदा घुम्तीमा गाडीलाई मोड्न पर्याप्त ठाउँ नहुँदा गाडी मोड्न नसक्दा दुर्घटना भएको घाइतेको भनाइ रहेको छ।
 
जिपमा १० बोरा सिमेन्ट र एक क्विन्टलभन्दा बढी छड राखिएको थियो। जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक जिपमा मानिससँगै व्यापारिक प्रयोजनका सामग्रीसमेत बोक्ने गरेका छन्। डडेल्धुरा जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका अधिकांश सडक मापदण्ड विपरीत रहेकाले ग्रामीण क्षेत्रमा पटकपटक यातायातका सवारीसाधन दुर्घटना हुने गरेका छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell