PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

एमाले नेता पोखरेल भन्छन्- 'संविधान संशोधनबाट ३३ प्रतिशतलाई अलग्याउने खेल हुँदैछ'



पहिलोपोस्ट

एमाले नेता पोखरेल भन्छन्- 'संविधान संशोधनबाट ३३ प्रतिशतलाई अलग्याउने खेल हुँदैछ'

बुटवल : नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले निर्वाचन घोषणा गर्नु र संविधान कार्यान्वयन गर्नुको साटो सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाएका छन्।

संविधान कार्यान्वयन गराउने दायित्व पूरा गराउनुको साटो संशोधन प्रस्ताव ल्याएर सरकारले विवाद बढाएको भन्दै उनले जबरजस्ती ल्याएको संशोधन प्रस्तावलाई संसद्मा सही बाटोबाट छलफल हुन र पारित हुन नदिने स्पष्ट पारे।
 
प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सत्तारुढ दलले संविधान सर्वस्वीकार्यका नाममा संविधान संशोधनबाट १० प्रतिशतलाई रिझाउने र ३३ प्रतिशतलाई अलग्याउने खेल भइरहेको बताए। 'संविधान संशोधन प्रस्ताव नेपाल, नेपाली जनता र मधेसी समुदायको समेत हितविरुद्ध रहेकाले यसलाई असफल बनाउनेमा नेकपा (एमाले) को स्पष्ट अडानमा छ,' उनले भने।
 
सत्तारुढ दलले विभिन्न बहानामा विवादका विषय आफैँ सिर्जना गरेर निर्वाचन नगराउने र संविधानसमेत कार्यान्वयन नगर्ने उद्देश्यले सरकार लागेको आरोप लगाउँदै उनले जनताको चाहनाविपरीत प्रदेश नं ५ लाई विभाजन गरेर पहाड र तराईलाई अलग गर्ने प्रयास गलत भएको आरोप पनि लगए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell