PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

शुक्रबार पर्खनै सकेनन् तीन फिल्मले : लभ सासा, किङ्ग र शब्द आजैदेखि हलमा



पहिलोपोस्ट

शुक्रबार पर्खनै सकेनन् तीन फिल्मले : लभ सासा, किङ्ग र शब्द आजैदेखि हलमा

काठमाडौं : यो साता फ्राइडे रिलिजको मौका नपर्खी तीन नेपाली फिल्म बिहीबार नै प्रदर्शनमा आए। लभ सासा, किङ्ग र शब्द पर्दामा प्रतिस्पर्धाका लागि उत्रिएका हुन्।
 
प्रचण्डमान श्रेष्ठ निर्देशित लभ सासामा कर्मा, आसिफ शाह र केकी अधिकारीको मुख्य भूमिका रहेको छ। फिल्ममा लेखक बुद्धिसागर पनि विशेष पात्रको रुपमा आएका छन्। जसमा उनको किताब 'फिरफिरे'को चर्चालाई पनि ठाउँ दिइएको छ।
 
अविवाहित युवतीको मनोदशा र त्रिकोणात्मक प्रेम सम्बन्ध वरिपरि फिल्मको कथा घुम्छ। सिंगल स्क्रिन तथा मल्टिप्लेक्स दुवैमा शो पाएको फिल्मलाई माधव वाग्लेले निर्माण गरेका हुन्।
 
आजै प्रदर्शनमा आएको अर्को फिल्म हो ‘किङ्ग'। युनिटले माघ १ गतेको बिदा र शनिबार लक्षित भन्दै पुस २९ गते फिल्म रिलिज मिति तय गरेको थियो। सविर श्रेष्ठ निर्देशित फिल्मले लभ सासाको प्रदर्शन मिति सार्वजनिक गरेसँगै किङ्गलाई पनि पुस २८ गतेबाट अल नेपाल रिलिज गर्‍यो।
 
फिल्ममा निखिल उप्रेती, अनुपविक्रम शाह, वेनिशा हमाल, रुपन श्रेष्ठ लगायतको मुख्य अभिनय छ। एक्शन लभस्टोरी फिल्मले सिंगल स्क्रिनमा शो पाएको छ।
 
सन्तोष शिवाकोटीले निर्देशन गरेको फिल्म शब्द पनि आजैबाट सार्वजनिक भएको छ। फिल्ममा सौगात मल्ल, कमली वाइबा, रोय दिव श्रेष्ठ, अर्जुन गुरुङ, अर्जुन गुरुङ, राज थापा, ओसिन भट्टराई, अनोज पाण्डे लगायत कलाकारको छ।
 
श्री बज्रयान पिक्चर्सको प्रस्तुति शब्दलाई यम थापाले लेखेका हुन्। शब्दले सिंगल स्क्रिन तथा मल्टिप्लेक्समा हल पाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell