PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

जाजरकोटमा ट्र्याक्टर दुर्घटना, सहचालकको मृत्यु



पहिलोपोस्ट

जाजरकोटमा ट्र्याक्टर दुर्घटना, सहचालकको मृत्यु

जाजरकोट : जाजरकोट सदरमुकामबाट ढिमेको घरङ्गा पौष्टिक आहार लिएर गएको भे१त ५७०७ नंको ट्र्याक्टर पल्टिँदा आज एक जनाको मृत्यु भएको छ।
 
ढिमे–१ चुइकमा ट्र्याक्टर पल्टिँदा सहचालक भेरीमालिका–२ का २४ वर्षीय हरिबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो। ट्र्याक्टर चालक सुर्खेतका लालबहादुर चदारा घाइते भएका छन्।
 
घाइतको उपचारका लागि सदरमुकाम ल्याउँदै गरेको प्रहरी प्रमुख भावेश रिमालले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell