PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

चिसो खेप्दै बरण्डामा सुत्न बाध्य छन् झापा कारागारमा कैदीबन्दी



पहिलोपोस्ट

बनियानी (झापा) : झापा जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेका छन्।
 
कारागारको क्षमता ३५० जनाको भए पनि हाल ८५६ जना कैदीबन्दी रहेकाले जाडोको समयमा पनि उनीहरु कारागारको बरन्डामा सुत्न बाध्य भएको कारागारका लेखापाल खड्ग ओलीले जानकारी दिए।
 
कारागारमा ७८० पुरुष र तीन बालबालिकासहित ७६ महिला रहेका छन्। एउटै कोठामा १५० जनासम्म कैदीबन्दी राख्दा पनि ठाउँ अपुग हुँदा कैन्दीबन्दी बरन्डामा सुतिरहेको उनले बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell