PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

जनताको मागअनुसार नै ५ नम्बर प्रदेश टुक्र्याइएको हो : ऊर्जामन्त्री शर्मा



पहिलोपोस्ट

जनताको मागअनुसार नै ५ नम्बर प्रदेश टुक्र्याइएको हो : ऊर्जामन्त्री शर्मा

अर्घाखाँची : ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न नेकपा एमालेसँग सहमति भएको बताएका छन्।
 
प्रेस सेन्टर नेपालले आज गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्र, सङ्घीयता र प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रमुख दलहरु एक हुनुपर्ने विचार व्यक्त गरे। मन्त्री शर्माले रोल्पा र रुकुमका जनताको मागअनुसार नै ५ नं प्रदेशबाट पहाडी जिल्ला अलग्याएको बताउँदै अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङ मार्ग निर्माण गरिदिने पनि आश्वासन पनि दिए।
 
देशभिर विद्युत्भार कटौती अन्त्य गर्नेगरी ऊर्जा मन्त्रालय लागिपरेको बताउँदै उनले अहिले काठमाडौँ सहितका सहरमा विद्युत्भार कटौती मुक्त भएको जानकारी गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell