काठमाडौं : प्रहरी संगठनहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरपोलको २३ औँ क्षेत्रीय सम्मेलनमा सुनदेखि मानवतस्करीसम्मका विषयमा छलफल हुने भएको छ। नेपालमा माघ ५ देखि ७ गतेसम्म हुने सम्मेलनमा ५५ देशका २ सय ५० प्रतिनिधि सहभागी हुँदैछन्।
प्रहरी प्रधान कार्यालयमा बिहीबार भएको पत्रकार सम्मेलन अपराध अनुसन्धान विभागका प्रमुख एआइजी विज्ञानराज शर्माले सम्मेलनमा मानव तस्करी, बलत्कार, संगठित अपराध, अवैध सुन तस्करी, साइबर क्राइम, म्याच फिक्सिङ लगायतका विषयमा छलफल हुने जानकारी दिए।
सम्मेलनमा भारत, अफगानिस्तान, चीन, मकाउ, थाइल्यान्ड, श्रीलंका, बंगलादेश लगायतका देशका प्रहरी प्रमुख सहभागी हुँदैछन्।
नेपाल प्रहरीले यसअघि २०४५ सालमा १०औँ सम्मेलनको आयोजना गरेको थियो। इन्टरपोलका १ सय ९० राष्ट्र सदस्य छन्। नेपाल प्रहरी
इन्टरपोलको सयौ सदस्य राष्ट्र हो।