PahiloPost

May 7, 2025 | २४ बैशाख २०८२

​स्कुल क्रिकेट लिग माघ १५ देखि, देशभरका सयभन्दा बढी स्कुलले भाग लिने



पहिलोपोस्ट

​स्कुल क्रिकेट लिग माघ १५ देखि, देशभरका सयभन्दा बढी स्कुलले भाग लिने

काठमाडौं : स्कुल लेभलदेखि नै क्रिकेट प्रतिभाको खोजी गर्ने उद्देश्यले देशभरको स्कुललाई समावेश गरी एक्सपर्ट स्कुल क्रिकेट लिग हुने भएको छ।
हिमालयन क्रिकेट एकेडेमी एचसिएको आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसको प्रायोजनमा हुने स्कुल क्रिकेट लिग आगामी माघ १५ गते देखि सुरु हुनेछ।

एक महिनासम्म सञ्चालन हुने लिगमा देशभरबाट सय भन्दा बढी स्कुलले सहभागिता जनाउने आयोजकले बताएको छ। आयोजकका अनुसार सुरुमा देशको विभिन्न ८ सहरमा क्षेत्रिय स्कुल क्रिकेट लिग गर्ने र त्यसपछि नेशनल क्रिकेट लिग गरिनेछ। 

पहिलो चरणको लिग कञ्चनपुरको महेन्द्र नगरबाट सुरु हुनेछ। त्यसपछि धनगढी, काठमाडौं, नेपालगन्ज, पोखरा, चितवन, भैरहवा र अन्त्यमा झापामा हुनेछ।

२५ ओभरमा खेलाइने लिगमा ह्वाइट ड्रेस र रेड बल प्रयोग गरिनेछ। लिगको क्षेत्रिय विजेताहरुले नेशनल लिगमा प्रतिस्पर्धा गर्नेछन।

लिगको क्षेत्रिय विजेताहरुलाई १ लाख बराबरको किट ब्याग पदान गरिनेछ भने उपविजेताले ५० हजार बराबरको किट ब्याग पाउनेछन।
यस्तै नेशनल लिग च्याम्पियनले थप १ लाख बराबरको क्रिकेट ब्याग पाउनेछन्। 

यसबाहेक लिगबाट छानिने उत्कृष्ट १५ खेलाडीले सिसिआरसी कलेजबाट स्कलरसिप प्राप्त गर्नेछन्। पढेर मात्र होइन खेलर पनि स्कलरसिप पाइन्छ भन्ने सन्देश अभिभावकहरुलाई दिन चाहेको एचसिएका फाउण्डर सुवास प्रधानले बताए। सिसिआरसी स्कुल क्रिकेट लिगको कलेज पार्टनर समेत रहेको छ। 

आयोजक एचसिएले सहभागी सबै स्कुल टीमलाई क्रिकेट किट लगायत युनिफर्म प्रदान गर्ने बताएको छ।

यस्तै १५ उत्कृष्ट खेलाडीलाई इन्टरनेशनल एक्सपोजर दिने र आगामी अप्रिलमा हुने बंगलादेश टुरमा नेपालबाट सहभागी गराउने सुवास प्रधानले बताए।

लिगमा प्लेयर अफ दि टुर्नामेन्ट, बेस्ट ब्यानट्सम्यान, बेस्ट बलर, लिगमा सर्बाधिक छक्का प्रहार गर्ने र हरेक खेलको म्यान अफ दि म्याचलाई ट्रफी प्रदान गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell