PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​खुकुरी कप क्रिकेट शनिबारदेखि, १६ टीमको सहभागीता, विजेतालाई २ लाख पुरस्कार



पहिलोपोस्ट

​खुकुरी कप क्रिकेट शनिबारदेखि, १६ टीमको सहभागीता, विजेतालाई २ लाख पुरस्कार

काठमाडौं : खुकरी कप टी २० क्रिकेट प्रतियोगिता आगमाी शनिबार देखि हुने भएको छ। खुकुर इएनटीको आयोजनामा १५ दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु भक्तपुरस्थित सैनिक आवासिय महाविद्यालयमा हुनेछ। 

प्रतियोगितामा कूल १६ टीमको सहभागिता रहेनछ। सहभागी टीमलाई ४ समूहमा विभाजन गरिनेछ र हरेक समूहमा ४ टीम हुनेछन्।

चारै समूहको शीर्ष २ स्थानमा रहने टीम क्वाटरफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगितामा नेपाल पुलिस, नेपाल आर्मी लगायत मोफसलका टीमले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले नगद २ लाख पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख पाउनेछन्। यस्तै प्लेयर अफ दि टुर्नामेन्टले २५ हजार पाउनेछ भने बेस्ट ब्याट्सम्यान र बेस्ट बलरले १०/१० हजार पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell