PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

​बलिउडमा लैंगिक असमानता छ – सालमली खोलगडे



पहिलोपोस्ट

​बलिउडमा लैंगिक असमानता छ – सालमली खोलगडे

गायिका सालमली खोलगडेले भारतीय फिल्म र म्युजिक भिडियोमा महिलालाइ गरिने प्रस्तुतीका कारण महिलाको छवि बिग्रने गरेको बताएकी छिन्।

बिबिसी हिन्दीसँगको कुराकानीमा उनले भारतीय म्युजिक भिडियोमा महिलालाई जिस्काउने हर्कतहरु देखाँइदा सर्वसाधारणलाई जिस्काउने हर्कत सहि लाग्ने गरेको बताइन्।

उनले भारतमा गीतहरु लेखिदाँ पुरुष पात्रलाइ केन्द्रमा राखेर लेखिने गरेको दावी गरिन्। साथै उनले बलिउडमा लैंगिक असमानता रहेको दावी गरिन्।

इशकजादे फिल्ममा आफूले गाएको परेसान गीत सम्झदैँ उनले महिलालाई केन्द्रमा राखेर बन्ने गरेको गीत खासै बलिउडमा नदेखिएको बताइन्।
महिला भनेको शरिर मात्र नभई चेतना र भावाना भएको व्यक्ति भएको उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell