PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सुदूरपश्चिम खप्तड गोल्डकप : मनाङ मर्स्याङदी उपाधि नजिक, भारतको दिल्ली युनाईटेड पराजित



पहिलोपोस्ट

सुदूरपश्चिम खप्तड गोल्डकप : मनाङ मर्स्याङदी उपाधि नजिक, भारतको दिल्ली युनाईटेड पराजित

धनगढी : ए डिभिजन क्लब मनाङ मस्याङ्दी धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकप को उपाधि नजिक पुगेको छ। बिहिबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनलमा भारतको दिल्ली युनाईटेडलाई ३-१ ले पराजित गर्दै मनाङ फाइनलमा पुगेको हो।

एक गोलले पछि परेको अवस्थामा कप्तान अनिल गुरुङले २ गोल गरेपछि मनाङले जित हात पारेको हो।खेलको दोस्रो मिनेटमै थोपीले गोल गर्दै दिल्लीलाई अग्रता दिलाएका थिए। तर उसको अग्रता लामो समय टिकेन। सातौं मिनेटमा अनिलले व्यक्तिगत पहिलो गोल गर्दै  १-१ को बराबरी गरे। पहिलो हाफको अन्तिम समयमा विदेशी खेलाडी ओलावाले आफिजले गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाए। 

दोस्रो हाफमा केही आक्रमक रुपमा प्रस्तुत भएको मनाङले ८९ औं मिनेटमा तेस्रो गोल थप्दै जित सुनिश्चित गर्‌यो। कप्तान अनिल गुरुङले खेल सकिन एक मिनेट बाँकी छँदा व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई ३ ज्ञ को जित दिलाए। 'म्यान अफ द म्याच' अनिलले नगद ५ हजार हात पारे। 

जितपछि प्रतिक्रिया दिदै मनाङका प्रशिक्षक छिरिङ लोप्चन गुरुङले राम्रो खेलेर जितेको भन्दै धेरै गोल गर्ने रणनिति भएपनि दिल्लीका गोलरक्षक सन्जु थापाको उत्कृष्ट प्रदर्शनले असफल पारेको बताए। मनाङका कप्तान अनिल गुरुङले अव उपाधि जित्ने दावी गर्दै फाईनलमा पनि यस्तै खेल खेलेर खप्तड गोल्डकपलाई आफ्नो पोल्टामा पार्ने बताए।

दिल्लीका प्रशिक्षक क्लेवसन वारतेले केही मौकाहरु गुमाउँदा र विपक्षीले उत्कृष्ट खेल खेल्दा फाईनल पुग्न नसकेको प्रतिक्रिया दिए। दिल्लीका कप्तान डन लोप्चाले सबै खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेको भएपनि जित हासिल गर्न नसकिएको बताए।

गोल्डकपअन्तर्गत शुक्रवार दोस्रो सेमिफाईनलमा सुदुरपश्चिम-११ र काठमाण्डौको संकटा क्लव प्रतिस्पर्धा हुनेछ।

माघ १ गते फाइनल हुने गोल्डकपको विजेताले नगद ५ लाख र उपविजेताले दुई लाख ५१ हजार पाउने छन्। गोल्डकपको उत्कृष्ट खेलाडीले यमाहा मोटर साईकल प्राप्त गर्नेछ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell