PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

मलेसिया जाने कामदारसँग रकम असुल्ने आइएससी निलम्बनमा पर्यो



पहिलोपोस्ट

मलेसिया जाने कामदारसँग रकम असुल्ने आइएससी निलम्बनमा पर्यो

काठमाडौं :मलेसिया जाने कामदारको औँठा छाप लिने नाममा प्रतिकामदार  तीन हजार २ सय असुलेको भन्दै आइएससी (इमिग्रेसन सेक्युरिटी क्लियरेन्स) कारवाहीमा परेको छ।

नेपाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले गैर कानुनी रुपमा पैसा असुलेको भन्दै आइएससीका सञ्चालक गोविन्द थपलियालाई मञ्चको साधारण सदस्यसमेत नरहने गरी निलम्वन गरेको छ।

कोसी इन्टरनेशनल प्रालिका सञ्चालक रहेका थपलियाले ‘आइएससी’ नामक संस्था खोलेर मलेसिया जाने कामदारमाथि थप आर्थिक भार पार्ने काम गरेकाले कारबाही गरिएको मञ्चका महासचिव राजेन्द्र भण्डारीले बताए।

आइएससीले गत भदौ ३० देखि महाराजगञ्जमा कार्यालय खोलेर मलेसिया जाने कामदारको औँठा छाप लिएको नाममा प्रतिकामदार  तीन हजार २ सय थप असुलिरहेको छ ।

गत मङ्सिर ९ गते थपलियालाई स्पष्टीकरण सोधिएकोमा चित्त बुझ्दो जवाफ नदेखिएकाले कारबाही गरिएको मञ्चले जनाएको छ । 

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आइएससीको कारबाहीका लागि एक महिनाअघि नै गृह मन्त्रालयलाई निर्देशन दिइसकेको छ ।
रासस 
तस्विर :www.nepalitimes.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell