PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

आलियादेखी परिणीतीसम्मको 'टुनटुनबाट सेक्सी फिगर' यात्रा



पहिलोपोस्ट

आलियादेखी परिणीतीसम्मको 'टुनटुनबाट सेक्सी फिगर' यात्रा

नायिका भूमी पेद्नेकरले आफ्नो शरिरको तौलमा ल्याएको परिवर्तनले बलिउडमा धेरैलाई चकित बनायो। 'दम लगाके हैसा'बाट बलिउडमा डेब्यु गरेकी उनी फिल्ममा शारिरिक रुपमा भद्दा अवतारमा देखिएकी थिइन्।
 

फिल्म सकिए लगत्तै उनले आफ्नो शरिरको २७ किलोग्राम तौल घटाएकी थिइन्। अहिले उनलाई पातलो रुपमा देख्नेहरुले सामाजिक सञ्जालमा उनले फिल्मको लागि गरेको मिहेनतको तारिफ गरिरहेका छन्।
 
आलिया भट्टको सेक्सी लुक्स अहिले चर्चामा छ। फिल्म डेब्यु अघिको उनकै फिगर जिरो हैन टुनटुन थियो। फिल्म 'स्टुडेन्ट अफ द इयर' मा  लगभग जिरो फिगरमा उनलाई देख्दा धेरै छक्क परे।


फिल्म सावरियामा देखिनु अघि ९० किलो रहेकी सोनम कपूरको तौल अहिले ६० किलो मात्र छ। अहिले पनि 'मोटी' भनेर चिनिने अभिनेत्री हुन् सोनाक्षी सिंहा।

उनले फिल्म दबङ्ग पछि २६ किलो तौल घटाएकी थिइन्। अर्की अभिनेत्री परिणिती चोपडाले आश्चर्यजनकरुपमा शरिरको तौल घटाएर जम्बो कोकको साइजबाट कोक फिगरमा आएकी छिन्।

करिना कपूर जो जिरो फिगर बनाएको कारण चर्चामा आइन्। उनले पनि लामो कसरत पछि शरिरको तौल घटाएकी थिइन्। योगा र डाइटले आफ्नो शरिर घटेको बताउने उनी एक समय ७० केजीसम्म पुगेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell