PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

साइबर अपराध नियन्त्रण गर्न कार्ययोजना तयार



पहिलोपोस्ट

साइबर अपराध नियन्त्रण गर्न कार्ययोजना तयार

धुलिखेल : नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले साइबर अपराध नियन्त्रणका लागि कार्ययोजना तयार भएको बताएका छन्।

उनले कार्ययोजना बने पनि त्यसको आन्तरिक विषय भने खुलाएनन्। अपराध अनुसन्धान र नियन्त्रण प्राधिकरणको क्षेत्राधिकार भने हैन। क्षेत्राधिकार पाएको नेपाल प्रहरीले निक्कै अगाडिबाट यस विषयलाई जोड दिँदै आएको थियो।

एक कार्यक्रममा बोल्दै झाले सूचना प्रविधीको क्षेत्रमा नेपाल अघि बढिसकेको बताउँदै उनले मुलुकका सबै क्षेत्रलाई प्रविधिमैत्री बनाउन विद्युतीय प्रशासनिक प्रणाली, शिक्षा, स्वास्थ्य, व्यापार आदिलाई ध्यानमा राखेर काम अघि बढाएको दावी गरे।

टेलिकम्युनिकेसन अपरेटरले फ्रिक्वेन्सी अनुमति लिएर काम नगरी ओगटेर बस्ने प्रवृत्ती बढेको उल्लेख गर्दै उनले फ्रिक्वेन्सी नीतिमा परिवर्तन गरी अर्को अपरेटर ल्याउन मोबाइल ब्रोडब्यान्ड ‘फोर जी’ का लागि ७ सय  र २ हजार ६ सय  मेगाहर्जको फ्रिक्वेन्सीमा लिलाम गरी सबैभन्दा बढी फ्रिक्वेन्सी तिर्नेलाई सञ्चालन अनुमति दिइने बताए।
रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell