PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

उपत्यकामा चल्ने भो आधुनिक मेट्रो बस : सरकारको ६८ करोड लगानी



पहिलोपोस्ट

उपत्यकामा चल्ने भो आधुनिक मेट्रो बस : सरकारको ६८ करोड लगानी

अशोक घिमिरे

काठमाडौं : सरकारले मुनाफारहित कम्पनी मार्फत काठमाडौं उपत्यकामा अन्तराष्ट्रियस्तरको मेट्रो बस चलाउने तयारी गरेको छ। यसका लागि उसले काठमाडौं उपत्यकाका सबै  स्थानीय निकायको शेयर हुनेगरी मुनाफारहित ‘उपत्यका नगर यातायात लिमिटेड’ नामको कम्पनी दर्ताको प्रकृया अगाडि बढाएको छ।

स्थानीय विकास मन्त्रालयले काठमाडौँ उपत्यकाका २२ वटै नगरपालिकाबाट रत्नपार्कलाई केन्द्र मानेर बस चलाउने योजना बनाएको छ । ती बस रत्नपार्कबाट आआफ्नो गन्तव्यमा जानेछन् र सोही रुट हुँदै फर्कनेछन् ।

मन्त्रालयले सय वटा बस किन्न अर्थ मन्त्रालयसँग ६८ करोड रुपैंया बजेट विनियोजन गर्न पत्राचार गरिसकेको छ । सो रकमबाट बस किनेर नगरपालिकालाई चलाउन दिइने छ । 

स्थानीय विकासमन्त्री हितराज पाण्डेका अनुसार काठमाडौै महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुर नगरपालिकासहित उपत्यकाका सबै नगरपालिकाले सेयरका रुपमा गरेको लगानी र सरकारबाट प्राप्त अनुदानबाट कम्पनी स्थापना हुनेछ।

मन्त्री पाण्डेले काठमाडौँ उपत्यकामा साँझमा यात्रुले बसपार्कमा घन्टाँैसम्म कुर्दा पनि बस नपाउने र बस तथा माइक्रो बसमा कोच्चिएर यात्रा गर्नुपर्ने समस्याको दीर्घकालीन समाधानका लागि सरकारले स्थानिय निकायको नेतृत्वमा यातायात सेवा शुरु गर्ने तयारी गरेको बताए । 

बस सञ्चालनका लागि नेपाल सरकारबाट प्राप्त अनुदान रु २५ करोड र चालु पुँजी २० प्रतिशत तथा नगरपालिकाले आआफ्नो सेयरबापत जम्मा गरेको रु १० करोडबाट कोष बनाइनेछ । 

मन्त्रालयले कामपालाई दुई करोड सञ्चालन खर्च व्यहोर्न प्रस्ताव गरे पनि महानगरपालिकाले कम्पनीको बहुमत शेयरमा चासो देखाएको छ।

काठमाडौँमा रहेका कीर्तिपुर, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा र नागर्जुन नगरपालिकाले रु ३५–३५ लाख तथा चन्द्रागिरि, दक्षिणकाली, शङ्खरापुर, कागेश्वरी मनहरा र तारकेश्वर नगरपालिकाले रु १०–१० लाख सेयर राख्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । 

कम्पनीमा ललितपुरको एक करोड रुपैंया तथा कार्यविनायक, गोदावरी, महालक्ष्मी र वज्रवाराही नगरपालिकाका १०–१० लाख रुपैंयाको सेयर हुनेछ ।  भक्तपुरले ६० लाख, मध्यपुरथिमिले ३५ लाख तथा अनन्तलिङ्गेश्वर, सूर्यविनायक, चाँगुनारायण र महामञ्जुश्री नगरकोट नगरपालिकाले १० –१० लाख रुपैंयाको सेयर राख्नेछन् । 

कम्पनी दर्ता अन्तिम चरणमा


बस सञ्चालनका लागि कामपाको संयोजकत्वमा विभिन्न नगरपालिका सम्मिलित मुनाफारहित ‘उपत्यका नगर यातायात लिमिटेड’ नामको कम्पनी दर्ता हुँदैछ । 

मन्त्रालयले पुस दोस्रो साता काठमाडौं महानगरपालिकाका अधिकृत राज्यप्रकाश प्रधानाङ्ग, ललितपुरका वरिष्ठ अधिकृत रुद्र गौतम, मध्यपुर थिमिका वरिष्ठ कानुन अधिकृत केशव सिलवाल र बूढानीलकण्ठका प्रतिनिधि माधव गौतम सम्मिलित समितिलाई १५ दिनभित्र कम्पनी दर्ता गर्न निर्देशन दिएको थियो । 

सो कमिटीलाई कम्पनीको कार्यालय सञ्चालन र जनशक्तिको व्यवस्थापन गर्ने जिम्मेवारी समेत दिइएको छ । सोही कम्पनीमार्फत स्तरीय बस चलाएर व्यवस्थापनको जिम्मा पनि उसैलाई दिने मन्त्रालयको योजना छ । 

सस्तो, सुलभ, स्तरीय र भरपर्दो नगर यातायात सेवा उपलब्ध गराइने, विमानस्थलमा सार्वजनिक यातायातको सुलभ पहुँच पु¥याइने र विभिन्न पर्यटकीय गन्तव्यमा सेवा पु¥याई पर्यटन प्रवद्र्धनमा सहयोग गरिने कम्पनीको उद्देश्य रहेको मन्त्रालयको पूर्वाधार विकास महाशाखाका प्रमुख जीवनकुमार श्रेष्ठले बताए।

मन्त्रालयले कामपाका मेकानिकल इन्जिनियर पुरुषोत्तम शाक्यको संयोजकत्वमा ‘स्फेसिफिकेसन र बोलपत्र पुस्तिका’ बनाउन अर्को प्राविधिक समिति पनि गठन गरेको छ । 

समितिका सदस्यमा यातायात व्यवस्था विभागका मोहनप्रसाद भट्टराई र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मेकानिकल इन्जिनियर निशा ठाकुर सदस्य छन् । रासस
सांकेतिक तस्विर :www.dawn.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell