PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

टाटाको नयाँ अध्यक्ष चन्द्रशेखरन



पहिलोपोस्ट

टाटाको नयाँ अध्यक्ष चन्द्रशेखरन

टाटा समूहले नटराजन चन्द्रशेखरनलाई नयाँ अध्यक्षमा नियुक्त गरेको छ। टाटा सन्सको बोर्डले एन चन्द्रशेखरनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। उनले २१ फेब्रुअरीबाट आफ्नो जिम्मेजारी सम्हाल्ने छन्।

नयाँ अध्यक्षको नियुक्तीसँगै पूर्व अध्यक्ष साइरस मिस्त्री हटाउँदा उत्पन्न विविध आशंका समेत हटेको छ। मिस्त्रीलाई अध्यक्षबाट हटाएपछी रतन टाटाले अन्तरिम अध्यक्षको जिम्मेवारी लिएका थिए।

नवनियुक्त अध्यक्ष चन्द्रशेखरन तीन दशकदेखी टाटासँग अवद्द छन्। उनी टाटा कन्सल्टेन्सीका सिइओ भइसकेका अधिकारी हुन्। गत वर्ष उनी टाटा सन्सको बोर्डमा डाइरेक्टर नियुक्त भएका थिए।

टाटा सन्समा जगुवर, लैण्डरोभर जस्ता गाडि बनाउने कम्पनिदेखी स्टिल र नुन बनाउने कम्पनीसम्म आवद्द छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell