PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​सुरक्षाकर्मीको कारबाहीमा तालिवान प्रमुख कमाण्डरसहित १२ को मृत्यु



पहिलोपोस्ट

​सुरक्षाकर्मीको कारबाहीमा तालिवान प्रमुख कमाण्डरसहित १२ को मृत्यु

अफगानिस्तान : अफगानिस्ताको दक्षिणी प्रान्त हेलमान्डको गर्मसिर जिल्लामा बिहीबार आतङ्ककारीको अखडालक्षित विमानबाट गरिएको बमबारीमा १२ आतङ्ककारी मारिएका छन्। 

मारिएका यी आतङ्ककारीहरूमा तालिवान प्रमुख कमाण्डर मवलावी अटिक्युल्लासहित १२ जना रहेको प्रान्तीय सरकारद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ। 

सो बमबारी भएको अवस्थामा ती आतङ्ककारीहरू सरकारसँग सम्बन्धित क्षेत्रमा आक्रमण गर्ने तयारीमा रहेको पनि प्रकाशित विज्ञप्तिमा जनाइएको छ। 

हेलमाण्ड प्रान्तमा सरकारी बलसँग गत दुई वर्षयता रक्तपातपूर्ण संघर्ष गरिरहेका तालिवानी आतङ्ककारीहरू भने यस बमबारीको विषयमा कुनै टिप्पणी गरेका छैनन्। रासस÷सिन्हवा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell