PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

कपास उद्योगमा आगलागी, १५ लाख मूल्य बराबरको क्षति



पहिलोपोस्ट

कपास उद्योगमा आगलागी, १५ लाख मूल्य बराबरको क्षति

काँकडभिट्टा (झापा) : भद्रपुर–५ स्थित बसपार्क छेउमा सञ्चालित मेची कपास उद्योगमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ।
 
रामचन्द्र सहनीले सञ्चालन गर्दै आइरहेको उद्योगमा यन्त्रबाट विद्युत् चुहावट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट रु पाँच लाख मूल्य पर्ने यन्त्र, कपास, जुट, जस्तालगायत सामग्री नष्ट भएको भद्रपुर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिए।
 
भद्रपुर नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell