PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

तिङ्कर नाका नखोल्दा राज्यले कसरी गुमाइरहेको छ पर्यटक? मुलुकको विकासमा बेवास्ता



पहिलोपोस्ट

काठमाडौँ : दार्चुला जिल्लामा पर्ने तिङ्कर नाका तत्काल खोल्न सरोकारवालाले सरकारसँग माग गरेका छन्। दार्चुला जिल्ला ब्यास गाविसका बासिन्दाले सो नाका अविलम्ब खोल्न सकेमा दार्चुलाको मात्र नभई समग्र मुलुकको विकास गर्न सकिने सुझाएका हुन्।
 
चिनियाँ पक्ष सो नाका खोल्नका लागि सकारात्मक रहेको भए पनि सरकार यस विषयमा संवेदनशील नरहेको नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाको आरोप छ। 'कैलाश पर्वत हिन्दुको महत्वपूर्ण तीर्थस्थल हो, जहाँ प्रत्येक वर्ष पाँचलाख भक्तालुले दर्शन गर्छन्, अर्कोतर्फ आफ्नै गाउँबस्तीमा जान पनि भारतीय बाटोको प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य हुन्छ,' उनले भने, 'मैले संसद्मा १० पटक यस बारेमा आवाज उठाएको छु तर सुनुवाइ भएको छैन।'
 
नेपाली कांग्रेस जिल्ला सभापति ललितसिंह बोहराले सो नाका खोल्ने काममा ढिलासुस्ती भइरहेको बताउँदै राज्यको कुनै पनि निकायको उपस्थिति नहुँदा त्यहाँको सुरक्षामा समस्या रहेको र छिमेकी राष्ट्र भारत तथा चीनले आफ्नो सुरक्षाकर्मी राखेको जानकारी दिए।
 
उद्योग वाणिज्य सङ्घ दार्चुलाका उपाध्यक्ष ग्याल्बु सिंहले देशमा कालापानी र लिपुलेकको नाममा राजनीति गर्नेको सङ्ख्या धेरै भए पनि सो क्षेत्रको सुरक्षामा ध्यान जान नसकेको बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell