PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

उर्लाबारी (मोरङ) : झापाको दमक–१६ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उर्लाबारी–४ का गौरव श्रेष्ठको मृत्यु भएको छ।
 
राति १०:१५ बजे दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को १० प ४६४३ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक २१ वर्षीय श्रेष्ठको मृत्यु भएको हो।
 
दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
 
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उर्लाबारी–४ कै २२ वर्षीय आकाश कार्की गम्भीर घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell