PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

हात्तीको आक्रमणबाट चितवनमा १३ वर्षीय बालकको मृत्यु



पहिलोपोस्ट

चितवन : माडी नगरपालिका–११ खरकट्टामा आज बिहान हात्तीको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।
 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पिसाब फेर्न घरबाहिर निस्किएका अमृत सुनारका १३ वर्षीय छोरा सागरको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
 
बिहान २ बजेको समयमा घटना भएको प्रहरीले जनाएको छ। शव परीक्षणका लागि भरतपुर ल्याइँदैछ।
 
यसअघि गत मङ्गलबार जङ्गली हात्तीकै आक्रमणबाट सौराहाको हात्तीसारमा एक भारतीय पर्यटकको पनि मृत्यु भएको थियो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell