PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​'म यस्तो गीत गाउँछु'का स्रोताको अपेक्षा मिट गर्ला ‘प्रेमगीत २’को टाइटल गीतले?



पहिलोपोस्ट

​'म यस्तो गीत गाउँछु'का स्रोताको अपेक्षा मिट गर्ला ‘प्रेमगीत २’को टाइटल गीतले?

काठमाडौं : २०७२ मा सार्वजनिक फिल्म 'प्रेमगीत' टाइटल गीत 'म यस्तो गीत गाउँछु'का कारण निकै चर्चामा रह्यो। फिल्म प्रचारका लागि गीतको लोकप्रियताको भरपुर प्रयोग गर्‍यो  निर्माण युनिटले। गीतले २०७३ मा भएको प्राय: अवार्डमा संगीत, गीत वा कोरियोग्राफी कुनै न कुनै अवार्ड हात पार्‍यो। सोही फिल्मको सिक्वेल ‘प्रेमगीत २’को निर्माण प्रक्रियामा छ। युनिटले फिल्मको टाइटल गीत रेकर्ड गराइसकेको छ।

गायक रोहितजोन क्षेत्री र श्रेया सोताङले ‘प्रेमगीत २’ को शीर्ष गीत गाए। जमलस्थित डोरेमी स्टुडियोमा गीत रेकर्ड भएको हो।

कल्याण सिंहको संगीतमा रहेको गीत मेल र फिमेल दुई भर्सन छुट्टाछुट्टै तयार हुँदैछ। गीतमा अमृत मरहठ्ठाले शब्द दिएका छन्। क्षेत्रीका लागि प्रेमगीत २ पहिलो पार्श्वगायन हो। रक गीतका पारखीले रुचाएका यी गायक १९७४ एडी ब्यान्डका भोकलिस्ट हुन्। हिट फिल्मको सिक्वेलको टाइटल गीतमार्फत डेब्यु गर्न पाउँदा आफू उत्साहित भएको उनी बताउँछन्।

अन्तरदेशीय प्रेमकथा बुनिएकाले फिल्मको लागि तयार भएको गीतमा थाइल्यान्डको सांगीतिक थिमको प्रयोग भएको संगीतकार सिंहले बताए।
निर्माता सन्तोष सेनले गीत रेकर्डिङ्को काम सकिएको जानकारी दिदै भने,‘गीत संगीत काम सकियो। अब हामी बाँकी छायांकनमा फोकस हुन्छौं।’
फिल्मको काठमाडौं, पोखरा, लुम्बिनी र सुर्खेत छायांकन सकिएको छ।

रामशरण पाठक निर्देशित फिल्ममा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell