PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

स्वास्थ्य बिमाप्रति बढ्यो आकर्षण, पहिलो चरणमा तीन जिल्ला



पहिलोपोस्ट

बेनी (म्याग्दी) : सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत म्याग्दीको बेनी नगरपालिकासहित ३५ गाविसमा स्वास्थ्य बिमा सदस्यता दर्ता घरदैलो अभियान सुरु गरिएको छ।
 
जिल्ला स्वास्थ्य कार्यालय र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीको संयुक्त आयोजनामा सुरु गरिएको सो अभियानमा सर्वसाधारणको आर्कषण बढ्दै गएको अभियानमा खटिएका सहयोगीले बताए।
 
स्वास्थ्य बिमा दर्ता गर्न ४३ जना दर्ता सहयोगी नियुक्त गरी उनीहरुलाई आवश्यक तालिमसहित घर–घरमा स्वास्थ्य बिमाका लागि पठाइएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीले जनाएको छ।
 
सरकारले उपलब्ध गराउँदै आएका स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन यो कार्यक्रम ल्याएको छ, जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका डा. रोशन न्यौपानेले भन्नुभयो –यो कार्यक्रमलाई विपन्न र दुर्गम क्षेत्रको पहुँचसम्म पुर्‍याउने गरी ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीले समेत सहयोग गरिरहेका छन्।
 
अभियानमा खटिएका सहयोगीले सर्वसाधारणको घरदैलोमै पुगेर स्वास्थ्य बिमाको महत्वका बारेमा बुझाइरहेका छन्। भने दुर्गम क्षेत्रमा समेत सर्वसाधारणले बिमाप्रति चासो देखाउन थालेपछि सहयोगीलाई सहज भएको छ।
 
कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार दुई हजार ५०० र पाँच जनाभन्दा बढी भएमा प्रति सदस्य रु ४२५ का दरले थप रकम तिरेर सदस्य बनी स्वास्थ्य सेवा लिन पाइने व्यवस्था रहेको छ।
 
सरकारले आर्थिक वर्ष २०७०/७१ बाट पहिलो चरणमा नेपालका तीन जिल्ला कैलाली, बागलुङ र इलाम तथा दोस्रो चरणमा म्याग्दीसहित थप २२ जिल्लामा यो कार्यक्रम लागू गरिएको हो।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell