PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

सिन्धुपाल्चोकमा सामुदायिक पुस्तकालय, ८५ लाखको लागतमा विद्युतीय उपकरण पनि



पहिलोपोस्ट

सिन्धुपाल्चोक : ग्रामीण समुदायलाई ज्ञान, सूचना र प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले ठोकर्पा सामुदायिक स्रोत पुस्तकालय स्थापना गरिएको छ।
 
दक्षिण कोरियाको सामसुङ इन्जिनियरिङ र ब्युटिफुल स्टोर्स तथा रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा करिब रु ८५ लाखको लागतमा सो पुस्तकालय निर्माण सम्पन्न भएको हो।
 
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले जडान गरेको एक किलोवाट क्षमताको सौर्य प्रणालीबाट यहाँका कम्प्युटरलगायत विद्युतीय उपकरण चलाउन एवम् बत्तीको सुविधा उपलब्ध भएको छ।
 
सांसद मोहनबहादुर बस्नेत र राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णीम वाग्लेले एक समारोहबीच पुस्तकालयको उद्घाटन गर्दै यस किसिमका पुस्तकालयबाट ग्रामीण क्षेत्रमा सूचना प्रविधिको पहुँच विस्तार गर्न र स्थानीयस्तरमा सञ्चालित कार्यक्रमलाई संयोजनकारी भूमिका निर्वाह गर्न सहयोग पुग्ने बताए। 
 
पुस्तकालय सञ्चालक समितिका अध्यक्ष नेत्र कार्कीको सभापतित्वमा भएको सो कार्यक्रममा रिड नेपालका राष्ट्रिय निर्देशक सञ्जना श्रेष्ठ, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल, वन अभियन्ता दिलप्रसाद भण्डारीलगायतका वक्ताले पनि पुस्तकालयको उपादेयताका बारेमा प्रकाश पारे।
 
तीन तले सो पुस्तकालयमा बाल, महिला, कृषि तथा वन, सूचना प्रविधि, श्रव्यदृश्य, सेमिनार कक्ष रहेका छन्। देशकै ६६औँ सामुदायिक पुस्तकालयका रुपमा निर्माण गरिएको सो पुस्तकालय जिल्लाकै नमुना बनेको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell