PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बसपार्क निर्माणका लागि सोलुका श्रेष्ठले गरे एक रोपनी जग्गादान



पहिलोपोस्ट

सोलुखुम्बु : स्थानीय दूधकुण्ड नगरपालिका– ६ कुलनारायण श्रेष्ठले बसपार्क निर्माणका लागि दूधकुण्ड नगरपालिकालाई एक रोपनी एक आना जग्गा निःशुल्क प्रदान गरेका छन्।
 
सदरमुकामस्थित दोर्पुबजारमा हाल प्रतिआना तीन लाख पर्ने रु ५१ लाख मूल्य बराबरको सो जमिन दाता श्रेष्ठले उपलब्ध गराएका हुन्। नगरपालिकाले हाल जिरो प्वाइन्टको रुपमा प्रयोग गरिरहेको स्थान अत्यन्तै साँघुरो भएकोले खुल्ला स्थानमा जिरो प्वाइन्ट बनाइएकाले आवागमनका लागि सहज भएको छ।
 
नगपालिकाले जग्गादाता श्रेष्ठलाई नगर परिषद्का अवसरमा सम्मान समेत गरेको छ। श्रेष्ठले जग्गा उपलब्ध गराएर बसपार्क निर्माण गर्न सहज भएको नगरपालिकाका कार्यकारी अधिकृत गुणराज भटराईले बताए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell