काठमाडौं : संसद बैठक आउँदो माघ ७ गतेसम्मका लागि स्थगित भएको छ।
आजको कार्यसूचीमा स्थानीय तह निर्वाचन सम्बन्धी दुई विधेयकमाथि छलफल तोकिएको थियो। विधेयकलाई छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ।
'स्थानीय तह निर्वाचन विधेयक २०७३' र 'निर्वाचन कसुर तथा सजाय विधेयक २०७३'माथि अब दफावार छलफल हुनेछ। स्थानीय तहमाथि १६ वटा र निर्वाचन कसुर तथा सजाय विधेयकमा १० वटा संशोधन परेका छन्।