PahiloPost

Mar 20, 2026 | ६ चैत्र २०८२

रुस्लान कप क्रिकेट : आर्मी पिसी फाइटरलाई १० विकेटले हराउँदै सेमिफाइनलमा, अविनास र सोमपालको उत्कृष्ट बलिङ



पहिलोपोस्ट

रुस्लान कप क्रिकेट : आर्मी पिसी फाइटरलाई १० विकेटले हराउँदै सेमिफाइनलमा, अविनास र सोमपालको उत्कृष्ट बलिङ

काठमाडौं : नेपाल आर्मी दोस्रो रुस्लान कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। अविनास कर्ण र सोमपाल कामीले घातक बलिङ गरेपछि ४६ रनको सामान्य लक्ष्य पाएको आर्मी पिसी फाइटरलाई १० विकेटले पराजित गर्दै अन्तिम चारमा पुगेको हो। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पिसी फाइटरले १७ ओभरमा अलआउट हुँदै ४५ रन मात्र बनाउन सक्यो। उसका लागि विजय सुनारले ११ रन बनाउनु बाहेक अनय खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्। तीन खेलाडी खाता समेत नाखेली आउट भए।

पिसी फाइटरलाई कम स्कोरमा रोक्न आर्मीका अविनास कर्णले ४ तथा सोमपाल कामीले ३ विकेट लिए। ४ ओभर बलिङ गरेको अविनासले २ मेडन राख्नै ३ रन मात्र दिएर ४ विकेट लिए भने सोमपालले ४ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर ३ विकेट झारे। यस्तै लोकेन्द्र चन्दले २ तथा जितेनद्र मुखियाले १ विकेट लिए।

जवाफमा ४६ रनको लक्ष्य आर्मीले ४ ओभरमै कुनै विकेट नगुमाई पुरा गर्‌यो। आर्मीको जितमा सागर पुन ३६ तथा सोमपाल ३ रनमा नटआउट रहे। २१ बल खेलेका सागर पुनले ७ चौका प्रहार गरे। आर्मीले ७ रन एक्स्ट्राबाट पाएको थियो।

आर्मीले अब सेमिफाइनलमा रुस्लान केसीटीसी र एसपीए, धनगढी/वीरगन्जको अनुभूती एजुकेशन फाउण्डेसनको विजेतासँग खेल्नेछ। यसअघि नै नेपाल पुलिस सेमिफाइनलमा पुगिसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell