
काठमाडौं : न्याय परिषद्ले आसे–पासे र दलगत आधारमा ८० जना न्यायाधीश नियुक्त सिफारिस गरेको भन्दै सद्भावना पार्टीले विरोध गरेको छ।
उसले विज्ञप्ती निकालेर नियुक्ती प्रक्रियामा सामेल रहेका पदाधिकारीले आ–आफ्ना जाती–समुदाय, आसे–पासे र दलगत आधारलाई मात्र प्रश्रय दिएको आरोप लगाएको हो ।
सिफारिसले समावेशी–समानुपातिक सहितको संघिय लोकतांत्रिक गणतन्त्रात्मक ब्यवस्थाको उपहास गरेको विज्ञप्तीमा उल्लेख छ।
सो सिफारिस न्यायाधीश नियुक्ती, न्याय परिषद् ऐन २०६३ को दफा ५ को वर्खिलाफ रहेको र नेपालको संविधान २०७२ को दफा ३८, ४०, र ४२ को पनि उल्लंघन रहेको उसले ठहर गरेको छ।