PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

​सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि मनाङ र संकटा भिड्ने, आयोजक बाहिरियो



पहिलोपोस्ट

​सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधिका लागि मनाङ र संकटा भिड्ने, आयोजक बाहिरियो

धनगढी : ए डिभिजनका दुई क्लब मनाङ मर्स्याङदी क्लब र सिएमजी संकटा क्लब प्रथम सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि लागि भिड्ने भएका छन्। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा संकटा आयोजक सुदूरपश्चिम स्पोर्ट्स-११ लाई १-० गोल अन्तरले पराजित फाइनल प्रवेश गरेको हो।

संकटालाई फाइनल पुर्याउन अमित तामाङले एक मात्र निर्णायक गोल गरे। अमितले १५ औं मिनेटमा फ्रिकिकमार्फत गरेको गोल नै मनाङसँग फाइनल भेट पक्का गर्न संकटालाई पर्याप्त भयो।

संकटाले क्वाटरफाइनलमा विभागीय क्लब नेपाल आर्मीलाई पराजित गरेको थियो। यता हारसँगै आयोजक सुदूरपश्चिम-११ भने सेमफिाइनलबाटै बाहिरिएको छ।

सुदूरपश्चिममा पहिलो पट आयोजना भएको यस गोल्डकपको फाइनल खेल शनिबार हुनेछ। विजेताले नगद ५ लाख पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५१ हजार पाउनेछ्। यस्तै उत्कृष्ट खेलाडीले एक थान मोटरबाइक पाउनेछ।

(फोटो : गोलनेपाल डट कम)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell