PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

तीन जना उपकुलपतिका लागि ३० जनाको निवेदन : पाटनका लागी सबैभन्दा धेरै, कर्णालीमा कम



पहिलोपोस्ट

तीन जना उपकुलपतिका लागि ३० जनाको निवेदन : पाटनका लागी सबैभन्दा धेरै, कर्णालीमा कम

काठमाडौं : तीन जना उपकुलपतिका लागि स्वास्थ्य मन्त्रालयले आह्वान गरेको खुला विज्ञापनमा ३० जनाले निवेदन दिएका छन् ।  
मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि एक साताअघि दरखास्त आह्वान गरेको थियो ।

यसअघि उपकुलपतिमा राजनीतिक नियुक्ति हुँदै आएकोमा मन्त्रालयले पहिलो पटक दरखास्त आह्वान गरेको थियो । 

चिकित्सा सेवा महाशाखाका उपसचिव रामकृष्ण लामिछानेका अनुसार चार चिकित्सकले दुई प्रतिष्ठानमा र एक चिकित्सकले तीनै प्रतिष्ठानमा दरखास्त दिएका छन्। 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा बढी १५ जनाले अवेदन दिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैभन्दा कम पाँच जनाले दरखास्त दिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाले दरखास्त दिएका छन् । 

प्रतिष्ठानका सहकुलपति तथा सर्च कमिटी संयोजक स्वास्थ्यमन्त्री गगनकुमार थापा, स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती र राष्ट्रिय योजना आयोगका सदस्य गीताभक्त जोशी सदस्य रहेको समितिले सोमबारदेखि दरखास्त दिएकाहरुको कार्ययोजनाबारे छलफल थाल्ने छ।

दरखास्त दिनेले पेस गरेको कार्ययोजनाका आधारमा उपयुक्त व्यक्तिलाई उपकुलपतिका लागि सिफारिस गरेपछि प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्रीले उपकुलपतिको अन्तिम निर्णय गर्नेछन्।
रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell