PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​प्रधानमन्त्री चार दिने भ्रमणका लागि शनिबार युएई जादैँ



पहिलोपोस्ट

​प्रधानमन्त्री चार दिने भ्रमणका लागि शनिबार युएई जादैँ

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि शनिबार युनाइटेड अबर इमिरेट्स् (युएइ) जाने भएका छन्।

उनि दुबईका राजा सेख मुहम्मद बिन जैयद अल नाय्हानको निमन्त्रणामा 'वर्ल्ड फ्युचर इनर्जी समिट' मा सहभागि हुन युएई जान लागेका हुन्।

प्रधानमन्त्री प्रचण्डले आइतबार युएईका प्रधानमन्त्रि तथा दुबईका शासक शेख महुम्मद बिन रसिद अल मोक्तोमसँग द्विपक्षीय वार्ता गर्नेछन्।

प्रधानमन्त्रीले इनर्ज समिटमा सहभागि हुनु अघि अन्य द्विपक्षीय हितका विषयमा भेटवार्ता गर्नेछन्। प्रधानमन्त्रीसँगै परराष्ट्र सचिव र प्रधानमन्त्री कार्यलयका सहयोगि टिम पनि सहभागि हुनेछन्। भ्रमण टोली दश सदस्यीय भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell