PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

​सर्वोच्चमा रिक्त भयो एक न्यायाधीश, उमेर हदका कारण बैद्यनाथको अवकाश



पहिलोपोस्ट

​सर्वोच्चमा रिक्त भयो एक न्यायाधीश, उमेर हदका कारण बैद्यनाथको अवकाश

काठमाडौँ : सर्वोच्च अदालतमा एक न्यायाधीश रिक्त भएको छ। शुक्रबारबाट बरिष्ठतम् न्यायाधीश वैद्यनाथ उपाध्यायले उमेर हदका कारण अवकाश पाएपछि एक स्थान रिक्त भएको हो। नयाँ संविधानले सर्वोच्च अदालतमा प्रधान न्यायाधीश सहित २१ न्यायाधीश रहने व्यवस्था गरेको छ।

वैद्यनाथ तीन दाजुभाईमा प्रधान न्यायाधीश नभई सर्वोच्चबाट बाहिरिएका हुन्। उनका दुई दाजु विश्वनाथ र केदारनाथ यसअघि सर्वोच्चका प्रधान न्यायाधीश भएका थिए।

उपाध्यायले पछिल्लो चार बर्ष सर्वोच्च अदालतमा बिताएका हुन्। सन् १९९१ मा न्यायलय प्रवेश गरेका उपाध्यायले न्यायाधीशको  ६३ बर्षको उमेर हदका कारण अवकाश पाएका हुन्।

बैद्यनाथले विहीबार मात्र अवकाश अघि उच्च अदालतमा ८० न्यायाधीश नियुक्तिमा प्रधान न्यायाधीश सुशीला कार्कीलाइ सहयोग गरेका थिए।  

सर्वोच्चमा नियुक्तिका लागि न्यायपरिषद्ले २ न्यायाधीशको नाम सिफारिस गरिसकेको छ। पोखरा उच्च अदालतका पुरुषोतम भण्डारी र वीरगञ्च उच्च अदालतका उच्च न्यायाधीश तेजबहादुर केसीलाइ सिफारिस गरेको हो। तर बैद्यनाथ बाहिरिएपछि थप एक न्यायाधीश पद रिक्त भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell