PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

पत्रकार महासंघमा सदस्यता विवाद चर्कियो : आस्थाका आधारमा भेदभाव गरेको आरोप



पहिलोपोस्ट

पत्रकार महासंघमा सदस्यता विवाद चर्कियो : आस्थाका आधारमा भेदभाव गरेको आरोप

काठमाडौं : नेपाल पत्रकार महासंघले अधिवेशन खुल्ला गरेसँगै सदस्यता विवाद बढेको छ। सदस्यता विवादमा विभिन्न जिल्लामा आन्दोलन र तालाबन्दीका घटना बढीरहेको बेला  क्रान्तिकारी पत्रकार महासङ्घले महासङ्घले राजनितिक आस्थाको आधारमा सदस्यतामा भेदभाव गरेको आरोप लगाएको हो।

उसले विधानले व्यवस्था गरेबमोजिम योग्य हुँदाहुँदै आस्थाका आधारमा सदस्यता लिनबाट ठाउँठाउँमा बञ्चित गरिएको आरोप लगाएको हो।
महासङ्घका अध्यक्ष इन्द्र राउतले विज्ञप्ति जारी गर्दै महासंघका पदाधिकारीले आफू अनुकूल मापदण्ड, समयसीमा तोक्ने र भागबण्डा गरेर गैर पत्रकारलाई महासङ्घको विधानविपरीत सदस्यता दिएको दावी गरेका छन्।

विज्ञप्तिमा सर्वपक्षीय अधिकार सम्पन्न छानबिन आयोग गठनको माग गरिएको छ। उसले पत्रकारिता पेसासँग संलग्न नभएकाको महासङ्घको सदस्य खारेज गर्न माग गरेको छ। माग पूरा नभए चरणबद्ध सङ्घर्षको घोषणा गर्ने चेतावनी दिएको छ।

महासंघको पुस २६ र २७ मा बसेको केन्द्रिय समितिको बैठकले जिल्ला, प्रतिष्ठान र एसोसिएटको अधिवेशन खुल्ला गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell