PahiloPost

Jul 16, 2025 | १ साउन २०८२

मानवअधिकार उल्लङ्घनकर्तालाई बढुवा, नियुक्तिमा रोक्नुपर्ने सिफारिस



पहिलोपोस्ट

मानवअधिकार उल्लङ्घनकर्तालाई बढुवा, नियुक्तिमा रोक्नुपर्ने सिफारिस

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगको मानवअधिकारका उल्लङ्घनमा दोषी देखिएकालाई बढुवा, नियुक्तिमा रोक्नुपर्नेमा सिफारिस गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आर्थिक वर्ष २०७२\०७३ को वार्षिक प्रतिवेदनमा यस्तो सिफारिस गरेको हो।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोगका अध्यक्ष अनुपराज शर्माले प्रतिवेदन बुझाएका थिए।

आयोगका प्रवक्ता अन्सारीका अनुसार राष्ट्रपतिले प्रतिवेदनबारे संसद्मा छलफल गर्नुपर्ने बताउँदै यसो हुनसकेमा मानवअधिकार उल्लङ्घनको घटनामा कमी आउने धारणा राखेकी थिइन्।

यसपटकको प्रतिवेदनमा द्वन्द्वकालदेखिका केही मुद्दा टुङ्ग्याइएको अन्सारीले बताइन्।
रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell