PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश उपाध्यायको अवकाश



पहिलोपोस्ट

काठमाडौँ : सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश वैद्यनाथ उपाध्यायले उमेर हदका कारण अवकाश पाएका छन्।
 
सर्वोच्च अदालतमा आयोजित बिदाइ कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्कीले माया चिनो प्रदान गरी न्यायाधीस उपाध्यायलाई बिदाइ गरिन्।  सर्वोच्च अदालतका न्यायाधीश, कर्मचारीले पनि उनलाई फूलमाला लगाएर बिदाइ गरेका थिए।
 
प्रधानन्यायाधीश कार्कीले अवकाश पछिको जीवन सुखमय रहोस् भन्ने शुभकामना दिँदै आवश्यक परेका बेलामा आफूहरुले परामर्श लिने बताइन्।

वरिष्ठतम् न्यायाधीश उपाध्याय पुनरावेदन अदालत राजविराज र पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश हुँदै २०६८ साल मङ्सिर २० गतेबाट सर्वोच्च अदालतको न्यायाधीश भएका थिए। सर्वोच्च अदालतमा न्यायाधीसको उमेरको हद ६५ वर्ष तोकिएको छ।
 
उनका दुई दाइहरु विश्वनाथ र केदारनाथ उपाध्यायले सर्वोच्च अदालतका प्रधानन्यायाधीश भएर अवकाश लिइसकेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell