PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

श्रीमतीको हत्या गरी गाउँलेको सहयोगमा दाहसंस्कार गर्ने श्रीमान् पक्राउ



पहिलोपोस्ट

बैतडी : प्रहरीले श्रीमतीको हत्या आरोपमा भौनेली–५ का देवेन्द्रबहादुर कुँवरलाई पक्राउ गरेको छ ।
 
देवेन्द्रले आफ्नी २४ वर्षीया श्रीमती देवकीलाई यही पुस २४ गते राति लठ्ठीले कुटपिट गरी हत्या गरेर २५ गते बिहान गाउँलेको सहयोगमा दाहसंस्कार गरेको प्रहरीले बताएको छ।
 
आफूलाई जानकारी नगराई देवकीको दाहसंस्कार गरिएपछि माइती पक्षले प्रहरीलाई पुस २७ गते बेलुका घटनाबारे खबर गरेको थियो। माइतीको खबरका आधारमा देवेन्द्रलाई घरबाटै नियन्त्रणमा लिइएको र बुवा पदमसिंह कुँवरले जाहेरी दिएकाले थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell