PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

४ करोड ४० लाख विदेशी मुद्रासहित नागढुंगा नाकाबाट चिनियाँ नागरिक पक्राउ



सविन ढकाल

४ करोड ४० लाख विदेशी मुद्रासहित नागढुंगा नाकाबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं : करिब ४ करोड ४० लाख अवैध विदेशी मुद्रासहित आज बिहान तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई महिला र एक पुरुष छन्।
 
काठमाडौंको नागढुंगाबाट रसुवाको केरुङ जान लागेको अवस्थामा स्करर्पियो गाडीमा ती चिनियाँ पक्राउ परेका हुन्। सो रकम उनीहरुले चीन लैजाने तयारी गरेको बुझिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताए। ती नागरिकको साथबाट २ लाख ६० हजार ६ सय अमेरिकन डलर, एक लाख १८ हजार ६ सय १० युरो, स्वीस फ्र्याङ्क, अस्ट्रेलियन डलर तथा जापानी एन समेत बरामद गरिएको उनले जानकारी दिए। विदेशी रकमको अवैध कारोबार भइरहेको सूचना पाएपछि ठमेलबाटै निगरानी गरिरहेको खनालले बताए।  

उनीहरुले झोला र सुटकेसमा ‘फल्स बटम’ बनाई सो रकम लैजान लागेका थिए। प्रहरीले यति ठूलो परिणाममा विदेशी रकमसहित चिनियाँ नागरिक पक्राउ परेको सम्भवतः पहिलो भएको जनाएको छ । ती नागरिकले पर्यटकका लागि प्रयोग हुने हरियो प्लेट भएको बा१य १२३२ नम्बरको गाडी प्रयोग गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell