PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

ट्र्याक्टर दुर्घटनामा परी चालकको मृत्यु



पहिलोपोस्ट

रामपुर (पाल्पा) : रामपुर नगरपालिका–१५ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
 
कालीगण्डकी नदीको बौडीघाटबाट बर्दलेतर्फ ढुङ्गा लिएर आउँदै गरेको लु २ त ५९५८ नंको ट्र्याक्टर रामटार नाङ्गेटारीमा दुर्घटना भएको हो। गम्भीर घाइते बनेका चालक जीतेन्द्र थारुको उपचारका लागि रामपुर अस्पताल ल्याउने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।
 
साँघुरो बाटामा ट्र्याक्टर मोड्ने क्रममा सो दुर्घटना भएको हो।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell