PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

अज्ञात समूहको धारिलो हतियार प्रहारबाट युवकको ज्यान गयो



पहिलोपोस्ट

गौशाला : महोत्तरी हतिसर्वा गाविसमा गएराति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी अञ्जनीकुमार मिश्रको हत्या गरेको छ।
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार राति करिब १० बजेतिर हतिसर्वा–७ बस्ने २५ वर्षीय मिश्रको हत्या भएको हो। आफ्नै घरमा बसिरहेका उनलाई सात-आठ जनाको समूहमा आएका अज्ञात व्यक्तिले धारिलो हतियारसहित आक्रमण गरी गम्भीर घाइते बनाएर भागेका थिए।
 
गम्भीर घाइते मिश्रलाई परिवारजनले उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लगेकामा राति १२ बजेतिर मृत्यु भएको प्रहरी उपरीक्षक उपाध्यायले बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell