PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

माघी अर्थात् तिला सङ्क्रान्ति : तिलको लड्डु आजको विशेष परिकार



पहिलोपोस्ट

माघी अर्थात् तिला सङ्क्रान्ति : तिलको लड्डु आजको विशेष परिकार

विराटनगर : हिन्दू धर्मावलम्बीले आज मकर सङ्क्रान्ति पर्व धार्मिक विधिपूर्वक मनाइरहेका छन्।
 
यस पर्वको अवसरमा आज बिहानैदेखि पवित्र जलाशयमा स्नान ध्यान गरेर घरका देवीदेउताको पूजापाठ गरी पर्वको शुभारम्भ गरिएको छ। धनु राशिबाट सूर्य आजकै दिन मकर राशिमा प्रवेश गरेकाले यस पर्वलाई मकर सङ्क्रान्ति पर्व भन्ने गरिएको हो। यस पर्वलाई तिला सङ्क्रान्ति पर्व पनि भन्ने गरिन्छ।
 
यस पर्वको अवसरमा देवीदेउतालाई तिल चढाएर पूजापाठ गर्नुका साथै तिलको लड्डु अनिवार्य रुपमा खाने गरिएको कारण ‘तिला सङ्क्रान्ति’ पर्व भन्ने गरिएको हो।

मैथिल समुदायमा खिचडी, तिलका लड्डु, च्यूराका लड्डु खाने गरिन्छ। नेपाली भाषाभाषी समुदायले अनिवार्य रुपमा तरुलका साथै तिल र च्यूराका लड्डु खाने गर्छन्। थारु समुदायले यस पर्वलाई माघे सङ्क्रान्ति अर्थात माघी पर्वको रुपमा मनाउने गर्छन्। यस समुदायमा तिलका लड्डुका साथै मासु खाने पनि प्रचलन रहेको छ।
 
सन्तानले सेवा गर्ने र हरेक आदेश पालना गर्ने भनेर वचन दिएपछि तिल र शख्खरको मिश्रण प्रसादका रुपमा अभिभावकले दिने गर्छन् र सोही अवसरमा सन्तानहरुले ढोगेर आर्शीवाद प्राप्त गर्छन्। यस पर्वको अवसरमा गरिबलाई अन्न र बस्त्र दान गरेपछि भगवान खुसी हुने भएकाले अन्न वस्त्र दान गर्ने र ब्राह्मणलाई भोजन गराउने पनि गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell