PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

राजनीतिमा मनी र मसल हाबी भएपछि जनता निराश भए : नेता सिंह



पहिलोपोस्ट

राजनीतिमा मनी र मसल हाबी भएपछि जनता निराश भए : नेता सिंह

तनहुँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तन ल्याए पनि त्यसलाई संस्थागत गर्न नसक्ने नेपाली राजनीतिको पुरानो रोगका कारण राजनीतिक अस्थिरता बढेको बताएका छन्।
 
राणा शासनको अन्त्य गर्ने क्रममा बलिदान गर्ने सहिदहरुको सम्झनामा आज तनहुँको बन्दीपुरस्थित सहिदवाटिकामा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले नेताहरुको यस्तै गतिविधिका कारण जनतामा विश्वास घट्दै गएको बताए। अहिले राजनीतिमा मूल्यमान्यता हराउँदै गएको, मनी र मसल हाबी भएकाले नै जनतामा निराशा बढेको उनको भनाइ छ। 'अहिले हामीकहाँ राजनीतिक इमानदारीको पनि मूल्यांकन हुन छाडेको छ,' उनले भने, 'सहिदहरुप्रति सम्मानमा समेत कमी आएकोमा मलाई दुख लागेको छ।'
 
संविधान जारी गर्दा नै चित नबुझाएका दलहरुलाई संविधान संशोधन मार्फत समेट्छौं भनेर गरेको प्रतिबद्धता नभुल्न उनले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेका छन्।
 
व्यवस्था जोगवाउन र संविधानको प्रभावकारी कार्यान्वयनका लागि जस्तोसुकै  जोखिम लिन कांग्रेस तयार हुने भन्दै उनले केही शक्ति संविधान असफल बनाएर मुलुकमा अस्थिरता ल्याउन उद्यत रहेको आरोप पनि लगाए।
 
स्थानीय निर्वाचन तत्काल हुने भएकाले तयारीमा जुट्न समेत उनले जिल्लाका  नेताहरुलाई निर्देशन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell