PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

हात्ती आतंक नियन्त्रणको माग गर्दै चितवन माडीका बासिन्दाले गरे यातायात बन्द



पहिलोपोस्ट

रत्ननगर (चितवन) : दक्षिण चितवनको माडीमा वन्यजन्तुको आक्रमण नियन्त्रणको माग गर्दै स्थानीयले आज यातायात बन्द गरेका छन्।
 
इलाका प्रहरी कार्यालय माडीका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावर बस्तीमा पसेर जनधनको क्षति पुर्‍याउँदै आएको भन्दै स्थानीयले वन्यजन्तु नियन्त्रणको माग गर्दै आज यातायात बन्द गरेका हुन्। बन्दका कारण यहाँ सवारीसाधन चल्न सकेका छैनन्।

हिजोमात्रै चितवन निकुञ्जबाट बस्तीमा पसेको हात्तीको आक्रमणबाट माडी नगरपालिका–११ खरकट्ठाका १३ वर्षीय सागर सुनारको मृत्यु भएको थियो। सोही घटनाको विषयलाई लिएर खरकठ्ठा चोकमा प्रदर्शन गर्दै स्थानीयले यातायात बन्द गरेका हुन्।
 
विगत तीन महिनायता पटकपटक जंगली हात्ती बस्तीमा पसी आतंक मच्चाए पनि प्रशासन भने मौन रहेको स्थानीय छवि गौतमको भनाइ छ। चितवन आरक्ष र  प्रशासनले स्थानीयको धनजनको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने स्थानीयको माग राख्दै आएका छन्। यसअघि गत मङ्गलबार जङ्गली हात्तीकै आक्रमणबाट सौराहाको हात्तीसारमा एक भारतीय पर्यटकको पनि मृत्यु भएको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell