PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

टुँडिखेलमा माघीको रौनक, थारु परिकार र संस्कृति विशेष आकर्षण

टुँडिखेलमा माघीको रौनक, थारु परिकार र संस्कृति विशेष आकर्षण

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : माघ १ अर्थात् मकर संक्रान्तिलाई विभिन्न समुदायले आआफ्नै तरिकाले मनाइरहेका छन्। आज राजधानीको टुँडिखेलमा थारु विद्यार्थी समाज लगायत २९ वटा संघसंस्थाले माघी महोत्सव २०७३ आयोजना गरेका छन्। जसको उद्घाटन सभामुख ओनसरी घर्तीले गरिन्।
 
पश्चिम तराईका जिल्लामा बसोवास गर्ने चौधरी–थारू समुदायहरुले केही वर्षयता राजधानीमा पनि माघी पर्व मनाउन थालेका छन्। नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्वलाई उनीहरु हर्षोल्लासका रुपमा मनाउँछन्।

थारू चौधरी समुदायका बस्तीमा ‘माघी’ पर्व मनाउनका लागि तीन दिन अघिबाट नै चहलपहल सुरु भएको छ। वर्षभरि गर्नुपर्ने सार्वजनिक कामका साथै गाउँको मुख्य व्यक्तिका रुपमा छनोट गरिने भलमन्सा, अघरिया लगायतका पदमा क–कसलाई छनोट गर्ने भन्ने विषयमा बस्तीमा एक–आपसमा छलफल हुन थालेका छन्। यी पदमा सकभर सहमति गर्ने र सहमति हुन नसके निर्वाचनद्वारा छनोट गर्ने गरिन्छ।
 
थारुका घरघरमा तीन दिन अघिदेखि नै सुगुर र बङ्गुर काटेर मासुको जोहो गर्ने गरेका छन्। घरकै अनाज प्रयोग गरी जाँड, ढिक्री, अन्दी रोटी, अन्दी भात तयार गर्न यतिखेर थारु महिलाको व्यस्तता बढेको छ। यसरी तयार पारिने खानाका परिकार सामूहिक रुपमा खानपिन गरी टोल टोलमा रमाइलो गर्ने चलन यो समुदायमा रहेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell