PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

​एसियन कप छनोटको लागि यस्तो छ वरीयता, नेपाल 'पट डी' मा, ड्र जनवरी २३ मा हुने



पहिलोपोस्ट

​एसियन कप छनोटको लागि यस्तो छ वरीयता, नेपाल 'पट डी' मा, ड्र जनवरी २३ मा हुने

काठमाडौं : एसियन फुटबल कन्फेडेरेसन एएफसीले सन् २०१९ मा हुने एसियन कपको अन्तिम चरणको छनोटको 'ड्र' का लागि २४ टीमको वरीयता सार्वजनिक गरेको छ। 

युएईमा हुने एसियन कपको लागि यसअघि नै छनोट भएका शीर्ष १२ टीम बाहेक बाँकी २४ टीमको वरीयता एएफसीले सार्वजनिक गरेको छ। 
गत नोभेम्वरमा मलेसियामा भएको एएफसी सोलिडारिटी कपको च्याम्पियन बनेको नेपालले ग्वामले नाम फिर्ता लिएका कारण एसियन कपको छनोट खेल्ने मौका पाएको छ। 

यस्तै एएफसीले दिएको समयसम्म प्रतिवन्ध फुकुवा नभएपछि कुवेतको स्थानमा सोलिडारिटी कप उपविजेता मकाउले छनोट खेल्ने अवसर पाएको छ।

एएफसीले सार्वजिनक गरेको वरीयतामा नेपाल २२ औं र मकाउ २४ औं स्थानमा छ।  यस्तै भुटान २३ औं स्थानमा छ। नेपाल, भुटान र मकाउसँगै छनोटका लागि हुने ड्र को 'पट डी' मा मलेसिया, सिगापुर र कम्बोडिया रहेका छन्।

यस्तै 'पट ए' मा जोर्डन, ओमान, फिलिपिन्स, बहराइन, किर्गिस्तान र उत्तर कोरिया छन्। 'पट बी' मा भारत, प्यालेस्टाइन, ताजकिस्तान, भियतनाम, हङकङ र तुर्कमिनेस्तान छन् भने 'पट सी' मा माल्दिभ्स लेवनाम, यमन, अफगानिस्तान, चाइनिज ताइपेई र म्यानमार छन्।

सहभागी २४ टोलीलाई चार पटक विभाजन गरेर जनवरी २३ मा ड्र गरिनेछ। त्यसबाट सबै टीमलाई ६ समूहमा ४-४ टोली राखेर विभाजन गरिनेछ। 
६ वटा समूहमा शीर्ष दुई स्थानमा रहने कूल १२ टीम २०१९ मा हुने एएफसी एसियन कप को लागि छनोट हुनेछ। समूह चरणका खेल होम एण्ड अवेको आधारमा हुनेछ। जस अन्तर्गत पहिलो चरणको खेल २०१७ मार्च बाट सुरु हुनेछ भने २०१८ को मार्चसम्म चल्नेछ। फोटो : Lagardère Sports



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell