PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

खुकुरी कप क्रिकेट : ओएसिस क्रिकेट एकेडेमीको विजयी सुरुवात



पहिलोपोस्ट

काठमाडौं : खुकुरी कप टी-२० क्रिकेट प्रतियोगितामा ओएसिस क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा ओएसिसले जि फोर्स क्रिकेट एकेडेमी लाई ६१ रनले पराजित गरेको हो। 

टस जितेर पहिले ब्याटिङ गरेको ओएसिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउादै १५८ रन बनाएको थियो। उसका लागि म्यान अफ दि म्याच हसिम अन्सारीले सर्बाधिक ३७ तथा अभिनास सिंहले ३५ रन बनाए। 

जवाफमा १५९ रनको लक्ष्य पछ्याएको जि फोर्स १७.३ ओभरमा ९७ रनमै अलआउट भयो। जि फोर्सका लागि सन्जम रेग्मीले सर्बाधिक २८ रन बनाए। उसलाई अलआउट गर्न ओएसिसका सम्सद शेखले ३ तथा आशिस खतिवडाले २ विकेट लिए। 

ओएसिस र जि फोर्ससँगै पान्डस र केसीटीसी 'बी' समूह बी मा रहेको छ।

प्रतियोगितामा सहभागी कूल १६ टीमलाई ४ समूहमा विभाजन गरेर खेलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell