PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

लन्डनमा झुण्डिएको अवस्थामा फेला पर्‍यो र्‍यापर यम बुद्धको शव



पहिलोपोस्ट

लन्डनमा झुण्डिएको अवस्थामा फेला पर्‍यो र्‍यापर यम बुद्धको शव

काठमाडौँ : यम बुद्ध नामले चर्चित नेपाली र्‍याप गायक अनिल अधिकारी शनिबार बिहान लन्डनमा मृत अवस्थामा फेला परेका छन्। 

उनी निकट स्रोतका अनुसार लन्डनको नर्थ होल्डस्थित घरमा  स्थानीय समय अनुसार बिहान ६ बजेर १० मिनेटमा  बाथरुममा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए। 

२९ वर्षीय अधिकारी आफ्नी पत्नी र सासु ससुरा र सालोका साथ त्यहाँ बस्दै आएका थिए। 

स्थानीय प्रहरीले मृत्युको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको छ। उनको शवलाई नजिकैको अस्पतालमा लगिएको छ। पोस्टमार्टमको रिपोर्ट बुधबारसम्ममा आइसक्ने प्रहरीले बताएका छन्। पोस्टमार्टमपछि मात्रै उनको मृत्युको कारण पत्ता लाग्नेछ। 

र्‍यापर यमबुद्ध आफ्नो नयाँ एल्बम र फेब्रुअरीमा हुन लागेको कन्सर्टको तयारी गर्दै थिए। 

उनको साथी, आमा, पोखरा जस्ता गीतहरु चर्चित छन्। युवामाझ एकदम चर्चित र बार्ज : र्‍याप ब्याटलका सञ्चालक पनि उनै यम बुद्ध थिए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell