PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​पाल्पामा बस दुर्घटना दुईको मृत्यु, २० जना घाइते



पहिलोपोस्ट

रामपुर : गएराति पाल्पाको सिलुवा गाउँ विकास समिति वडा नं ४ बैछापमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। 

दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा, सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रामपुरले जानकारी दिएको छ। 

उनीहरुको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । बसमा सवार २४ जना यात्रुमध्ये २० घाइतेको उपचारका लागि प्रभासमा पठाइएको छ। 

बुटवलबाट रामपुरतर्फ आउँदै गएको ना४ख ९२१८ नंको गाडी गएराति १०ः४५ बजे दुर्घटना भएको हो । बस सडकबाट करिब एक सय मिटर तल खसेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell