PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

​भूकम्पको २० महिनापछि खोटाङमा पुनर्निर्माणको लगत संकलन सुरु



पहिलोपोस्ट

खोटाङ : भूकम्प गएको २० महिनापछि खोटाङमा पुनर्निर्माणका लागि सर्वेक्षण सुरु गरिएको छ। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर आइपुगेपछि जिल्लामा शनिबारबाट पुनर्निर्माणका लागि सर्वेक्षणका सुरु गरिएको हो। 

जिल्लाका माक्पा, हौंचुर, खिदिमा, पाथेका, खार्ताम्छा, च्यास्मिटार, बाहुनीडाँडा, हलेसी, दुर्छिम, विजयखर्क, अर्खौले, सल्ले, बतासे, खार्पालगायतका गाविसमा एकैसाथ भूकम्पपीडितको नामावली सङ्कलन, प्रमाणीकरण, अनुदान सम्झौतालगायतका काम सुरु गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ। 

गत पुस १५ गतेदेखि सुरु गर्ने भनिएको पुनर्निर्माणका प्रारम्भिक चरणका काम केही हप्ता ढिला गरी सुरु गरिएको तथ्याङ्क विभाग जिल्ला लगत सङ्कलन व्यवस्थापन कार्यालय दिक्तेलले जनाएको छ। 

भूकम्पसम्बन्धी पुनर्निर्माणका लागि खोटाङमा गत मङ्गलबार ३३ जना इन्जिनियर जिल्ला आएका छन्। 

सर्वेक्षण सुरु गरिएको डेढ महिनाभित्र सर्वेक्षणका काम पूरा गरेर सर्वेक्षण सकिएका ठाउँमा तत्काल अनुदान सम्झौता सुरु हुने प्राधिकरणले जनाएको छ । भूकम्पबाट जिल्लामा १३ हजार ३३३ घरमा क्षति पुगेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell