PahiloPost

Dec 31, 2025 | १६ पुष २०८२

अभिनय गर्दागर्दै निधन भएका रङ्गकर्मी फुयाँलको शालिक निर्माण गर्न माग



पहिलोपोस्ट

अभिनय गर्दागर्दै निधन भएका रङ्गकर्मी फुयाँलको शालिक निर्माण गर्न माग

काठमाडौँ : राष्ट्रिय नाचघरमा नाटक अभिनय गर्दागर्दै निधन भएका वरिष्ठ रङ्गकर्मी विष्णुभक्त फुयाँलको सो स्थलमा शालिक निर्माण गर्न माग गरिएको छ। 

कुसुम नाट्य समूहले सो माग गर्दै उनकोस्मृतिमा रु पाँच हजार राशिको पुरस्कार स्थापनाको निर्णय गरेको छ । समूहले उनको नाममा नाट्यशालाको नामकरण गरी संस्थानकै हाताभित्र फुयाँलको अर्धकदको सालिक निर्माण गर्न सांस्कृतिक संस्थानसँग माग गरेको हो। 

पाँच दशकसम्म नाटक लेखन, निर्देशन र अभिनयमा सक्रिय रहनुभएका फुयाँलको सांस्कृतिक संस्थान (नाचघर), जमलले मन्चन गरेको नाटकको अभिनयकै क्रममा यही पुस १९ गते नाचघरको रङ्गमञ्चमा निधन भएको थियो । फुयाँल सो नाट्य समूहका अध्यक्ष पनि थिए। 

समूहका संस्थापक अध्यक्ष वैकुण्ठ भण्डारीले नाटक लेखक, निर्देशक, रङ्गकर्मी, रङ्ग पत्रकारका रुपमा दुई दशकदेखि योगदान पु¥याउँदै आएका व्यक्तित्वलाई नगद रु पाँच हजार र ताम्रपत्रसहित विष्णुभक्त फुयाँल स्मृति रङ्गकर्म पुरस्कार प्रदान गरिने जानकारी दिए। 

फुयाँलको आज १३औं दिनको स्मृतिसभा गरिनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell