PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

​नागरिक लगानी कोषको मोवाइल एप्स, कारोबारको जानकारी पाइने



पहिलोपोस्ट

​नागरिक लगानी कोषको मोवाइल एप्स, कारोबारको जानकारी पाइने

काठमाडौं : नागरिक लगानी कोषले आफ्ना बचतकर्तालाई मोबाइल एप्लिकेसनबाट बचत रकम र विवरणबारे जानकारी दिने सेवाको सुरुआत गरेको छ। 

पोखराबाट थालिएको उक्त सेवाको शुभारम्भ अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले गरेका हुन्। 

कोषले सञ्चालन गर्ने विभिन्न कार्यक्रम, कर्मचारी बचतवृद्धि, स्वीकृत अवकाश कोष, निजामती सावधिक जीवन बिमा, शिक्षक, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीे र नार्कका कर्मचारीको सावधिक जीवन बिमाअन्तर्गत जम्मा भएको रकमको विवरण र ऋण सापटी तथा बचत रकमको विवरण उक्त एप्समार्फत प्राप्त गर्न सकिनेछ। 

कोषका अनुसार एनरोइड मोबाइल प्रयोगकर्ता सेवाग्राहीले प्लेस्टोरमा गएर CIT Mobile App डाउनलोड गर्नुपर्नेछ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell